Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
images

हाम्रो क्लिन क्याबिनेट थियो, अनियमितता र भ्रष्टाचारबारे कसैले औंला उठाएको छैन : पृथ्वीसुब्बा गुरुङ (भिडियाेसहित)

हाम्रो क्लिन क्याबिनेट थियो, अनियमितता र भ्रष्टाचारबारे कसैले औंला उठाएको छैन : पृथ्वीसुब्बा गुरुङ (भिडियाेसहित)

images
images
  • सजना तिमल्सिना
  • आषाढ ७, २०७८ सोमवार १८:१६ बजे
  • 6.3K
    SHARES
  • काठमाडौं । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो सरकारले कुनै भ्रष्टाचार नगरेकाले कसैले औंला नउठाएको बताएका छन् । सनौलो नेपालसँगको विषेश कुराकानीमा उनले आफू नेतृत्वको सरकारले विकास निर्माणलाई प्राथमिकता दिएको र भ्रष्टाचार नगरेकाले कसैले औंला नउठाएको बताएका हुन् ।

    उनले भने, ‘हाम्रो क्लिन क्याबिनेट थियो, अनियमितता र भ्रष्टाचारबारे कसैले औंला उठाएको छैन ।’ 

    आफूले प्रदेश विकासमा राम्रो काम गरेको र त्यो काममा कसैले पनि औंला नउठाएको भएपनि नेताको महत्वकांक्षाको फोहोरी खेलमा गण्डकी प्रदेश परेको उनको भनाइ छ । 

    ‘राजनीति फोहोरी खेलमा परिणत हुन थालेपछि । नेताहरु सिद्धान्तमा आधारित राजनीति नगर्ने, निष्ठा र विचारमा आधारित राजनीति नगर्ने खाली इगोको आधारमा अंहकार प्रकट गर्ने र कसरी एउटाले अर्कोलाई सिध्याउने भन्ने खेलमा लागेको हो नि’, सुनौलो नेपालसँगको विशेष अन्तर्वातामा उनले भने, ‘आखिर अहिले विपक्षी गठबन्धन जुन बनेको छ । विपक्षी गठबन्धनको एउटै मुद्धा छ : केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने । यो त नित्तान्त कुर्सी र आग्रह पूर्वाग्रहको खेल हो ।’

    Prithvi-Subba-Gurung-Sunaulo-nepal2.png

    पछिल्लो समय एकले अर्कोलाई सिध्याउने खेलमा दलहरु अघि बढेको उनको आरोप छ। 

    ‘यो कुन विचारभित्र अडिएको छ, यो कुन निष्ठाभित्र छ ? जब नेताहरुले राजनीतिलाई आफ्नो महत्वकाक्षा पूरा गर्न फोहोरी खेल बनाउछ । त्यो फोहोरी खेलको बाछिट्टा गण्डकी प्रदेशमा पनि परेको हो । त्यसपछि त्यहाँका सबै दलले पनि केन्द्रको निर्देशन अवज्ञा गरेर अघि बढ्ने स्थिति थिएन । किनभने राजनीतिमा माथिको आदेश मान्न परिहाल्यो । पार्टीको ह्वीप पूरा गर्न परिहाल्यो’, गुरुङले गण्डकी प्रदेश सरकार ढल्नुको कारण बताउँदै भने, ‘कि ४० प्रतिशत दुवैमा पुर्याएर निस्कनु परर्यो । कि त हाम्रो कृष्ण थापा जीले मेरो पद गए पनि जाओस् तर जनताप्रतिको मेरो निष्ठा छोड्दिन भनेर लाग्नु पर्र्यो । त्यो लाग्ने त थोरै नै हुँदारहेछन् । त्यसकारण मेरो सरकार गिरेको हो ।’ 

    Prithvi-Subba-Gurung-Sunaulo-nepal.png

    उनले कांग्रेस, माओवादीलगायत अरु दलका केही नेताले तत्कालीन सरकारलाई समर्थन गरेको भएपनि केन्द्रबाट विपक्षी गठनबन्धनले ह्वीप जारी गरेकाले आफ्नो सरकार ढलेको दाबी गरे । 

    ‘कांग्रेस, माओवादीका केही साथीहरु मेरो गठबन्धन छाडेर अन्त जाने स्थिति मै थिएनन् । तर पार्टीले लगातार निर्देशन दिएपछि उहाँहरुले छोड्नुभएको हो’, उनले थपे, ‘माथिबाट निर्देशन नगएको भए जनता समाजवादी, राष्ट्रिय जनमोर्चाले पनि समर्थन फिर्ता लिने थिएनन् । मेरो सरकार ढल्ने थिएन ।’ महामारीको समयमा पनि राजनीतिक नेतृत्व कुर्सीको लडाइँमा अल्झिएको भन्दै उनले आक्रोश व्यक्त गरे । 

    त्यस्तै उनले आफूले नेतृत्व गरेको क्लिन क्याबिनेट भएको बताउदै आजसम्म कसैले अनियमितता र भ्रष्टाचारबारे कसैले औंला नउठाएको दाबी गरे । `सात जनाको क्याबिनेटमा कसैले प्रश्न उठाएको छैन, यहाँ भ्रष्टचार गर्यो यहाँ पैसा खायो कसैले भन्न सकेका छैनन्। सबैले राम्रो भनेका छन् ।´ उनले भने ।

    पृथ्वीसुब्बा गुरुङसँग सुनौलो नेपालका लागी सजना तिमल्सिनाले गरेको विशेष कुराकानी :
     

     

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • # पृथ्वीसुब्बा गुरुङ

  • सजना तिमल्सिना
  • images
    images
    सम्बन्धित समाचार
    images