Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • समाचार
  • अब सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठान...
images

अब सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठान मात्रै कोभिड-१९ अस्पताल 

अब सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठान मात्रै कोभिड-१९ अस्पताल 

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ १५, २०७८ मंगलवार ११:३१ बजे
  • 433
    SHARES
  • काठमाडौं । सरकारले सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाइ मात्रै कोभिड-१९ अस्पताल घोषणा गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सूचना निकालेर अब सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई मात्रै कोभिड-१९ अस्पतालका रुपमा तोकिएको जानकारी दिए ।

    उनले कोभिड-१९ उपचारका लागि तोकिएका सरकारी तथा सरकारले सेवा सम्झौता गरेका सबै निजी अस्पतालको सम्झौता रद्द गरेको बताए । तर सोमबारसम्म भर्ना भएका कोरोना संक्रमितको १० दिनसम्मको सोधभर्ना भने सरकारले उपलब्ध गराउने निर्णय भएको सूचनामा उल्लेख छ ।

    सम्झौता रद्द भएकाले तोकिएको दररेटभन्दा बढी शुल्क नलिन पनि मन्त्रालयले निजी अस्पताल र मेडिकल कलेजलाई अनुरोध गरेको छ । 

    Health-ministry.jpg

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अस्पताल

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images