Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
images

१३ वर्षभन्दा कम उमेरका ७३ लाख टिकटक एकाउन्ट बन्द 

१३ वर्षभन्दा कम उमेरका ७३ लाख टिकटक एकाउन्ट बन्द 

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ १७, २०७८ बिहिवार १२:५० बजे
  • 589
    SHARES
  • टिकटकले १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुको झण्डै ७३ लाख एकाउन्ट बन्द गरिदिएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको झण्डै ७३ लाख एकाउन्ट बन्द गरिदिएको हो । 

    यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।

    १३ वर्षभन्दा माथिका व्यक्तिले टिकटकमा खाता खोल्न पाउछन् । तर १६ वर्षसम्मका किशोरावस्थाका प्रयोगकर्ताको सुरक्षाका लागि टिकटकले विभिन्न उपाय अपनाउँदै आएको जनाएको छ । त्यसमा प्राइभेट मेसेज तथा लाइभ स्ट्रिमिङ फिचर उपलब्ध हुँदैन । त्यस्तै १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको एकाउन्ट स्वतः प्राइभेट हुनेगरी गत जनवरीमा नयाँ फिचर ल्याइएको हो ।

    किशोरावस्थाका प्रयोगकर्तामा निकै लोकप्रिय रहेको भएपनि कम उमेरका बालबालिका प्रयोगकर्ताको संख्या टिकटकमा बढिरहेकोमा चिन्ता व्यक्त गरिएकाे छ। 

    सोसल मिडियाहरुमा खाता खोल्ने क्रममा नियम बमोजिमको उमेर पुर्याहउनका लागि सानो उमेरका प्रयोगकर्ताले पनि आफ्नो वास्तविकभन्दा बढी उमेर बनाउनका लागि नक्कली उमेर राख्न सक्दछन् । प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने अर्को उपाय छैन ।

    तर टिकटकसँग सर्वाधिक उन्नत कम्प्युटर भिजन प्रविधि रहेकोले यसले बालबालिका प्रयोगकर्ता यकिन रुपमा पत्ता लगाउन सक्ने सम्भावना हुने टिकटकले जनाएको छ । 

    टिकटकको रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटक एपको नियम उल्लंघन गरेका ६ करोड १९ लाख ५१ हजार ३२७ वटा भिडियो हटाइएको छ । रिपोर्ट अनुसार टिकटकको निर्देशिका तथा प्रयोगको शर्त उल्लंघन गरेका कारण खारेज गरिएका कुल एकाउन्टको संख्या १एक करोड ११ लाख ४९ हजार ५१४ छ ।

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टिकटक

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images