Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • मनोरञ्जन
  • रणवीर कपुरले रिजेक्ट गरेका यी फिल्म...
images

रणवीर कपुरले रिजेक्ट गरेका यी फिल्म जसले रणवीर सिंहलाई बनायो स्टार

रणवीर कपुरले रिजेक्ट गरेका यी फिल्म जसले रणवीर सिंहलाई बनायो स्टार

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २२, २०७८ मंगलवार ११:५२ बजे
  • 895
    SHARES
  • रणवीर कपुरले रिजेक्ट गरेका यी फिल्म जसले रणवीर सिंहलाई बनायो स्टार

    एजेन्सीं । बलिउड अभिनेता रणवीर सिंह निखारिएको अभिनय र अभिनयप्रति उनको जोशले चर्चामा छन् । आज बलिउडका स्टार बनेका रणवीर सिंहले फिल्म ''ब्याण्ड बाजा बारत'मार्फत डेब्यू गरेका हुन् । तर, जुन फिल्मले उनलाई स्टार बनायो, ती फिल्म रणवीर कपुरले रिजेक्ट गरेका थिए । 

    यशराज ब्यानरमा बनेको 'ब्याण्ड बाजा बारात' पनि रणवीर कपुरको रिजेक्शनपछि नै रणवीर सिंहलाई अफर गरिएको थियो । त्यस्तै रणवीर सिंह र दीपिका पादुकोणले पहिलो पटक एकसाथ स्क्रिन शेयर गरेको फिल्म थियो 'गोलियों की रास लीला: राम लीला' । यही फिल्मबाट यो जोडीको प्रेम सम्बन्ध पनि सुरु भएको थियो । 

    निर्देशक सञ्जय लीला भंसालीको यो फिल्मले बक्स अफिसमा पनि राम्रो सफलता हात पार्यो । यो फिल्म पनि पहिले रणवीर कपुरलाई नै अफर गरिएको भारतीय सञ्चार माध्यममा उल्लेख छ । 

    यशराज ब्यानरकै अर्को फिल्म 'बेफिक्रे' पनि रणवीर कपुरले रिजेक्ट गरेका थिए । यद्यपी फिल्मले बक्स अफिसमा खासै राम्रो प्रदर्शन भने गर्न सकेन । फिल्ममा रणवीर सिंहलाई फरक भुमिकामा देखाइएको थियो । 

    जोया अख्तरको निर्देशनमा बनको हिट फिल्म 'गली बोइ'मा रणवीर सिंहको कामलाई निकै तारिफ मिलेको थियो । यो फिल्ममा रणवीर कपुरलाई सर्पोटिङ रोलमा अफर गरिएको थियो जसका कारण उनले रिजेक्ट गरे । 

    बलिउडमा 'बाजिराव मस्तानी', 'पद्यावत', 'लुटेरा', 'सिम्बा' जस्ता हिट फिल्म दिएका यिनै अभिनेता रणवीर सिंहको आज जन्मदिन । उनलाई जन्मदिनको शुभकामना ।   

     

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मनिषा कोईराला

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images