Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • मनोरञ्जन
  • पाँच वर्षपछि करण जोहरले गरे चलचित्र...
images

पाँच वर्षपछि करण जोहरले गरे चलचित्र निर्माणको घोषणा : को हुनेछन् मुख्य पात्र ? 

पाँच वर्षपछि करण जोहरले गरे चलचित्र निर्माणको घोषणा : को हुनेछन् मुख्य पात्र ? 

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २२, २०७८ मंगलवार १४:१६ बजे
  • 1.1K
    SHARES
  • बलिउडका चर्चित निर्देशक करण जोहरले पाँच वर्षपछि नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । 

    अभिनेता रणवीर सिंहको जन्मदिनमा जोहरले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् । चलचित्र ‘रक्की और रानी कि प्रेम कहानी’ को निर्देशन गर्न लागेको जोहरले घोषणा गरेका हुन् ।

    Rockey-aur-ran.jpg

    उनले नयाँ चलचित्र निर्माणको घोषणा गर्दै केही बर्षपछि निर्देशनमा फर्कन पाउँदा खुशी लागेको बताएका छन् ।

    जोहरका अनुसार पारिवारिक प्रेम कथामा आधारित चलचित्रमा रणवीर सिंह र आलिया भाटको मुख्य भूमिका रहनेछ । रणवीर र आलियाको जोडी यसअघि फिल्म 'गुल्ली ब्वाई'मा देखिएको थियो ।

    Ranbir-alia.jpg

    सन् २०२२ मा रिलिज हुने चलचित्र इसिता मोइत्रा, शंशाङ्क काइतन र सुमित रोयले लेखेका हुन् । 

     

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images