Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • अर्थ
  • जीवन विकास लघुवित्तकाे आईपीओ बाँडफाँट, ५...
images

जीवन विकास लघुवित्तकाे आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता 

जीवन विकास लघुवित्तकाे आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता 

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २३, २०७८ बुधवार १०:२६ बजे
  • 1.4K
    SHARES
  • जीवन विकास लघुवित्तकाे आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता 

    काठमाडाैं । जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बुधबार बाँडफाँट गरेकाे छ । लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आफ्नाे कार्यालयमा शेयर बाँडफाँट गरेकाे हाे ।

    शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ ।

    लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो । निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

    मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँट गरिएको थियो । जसअनुसार १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन् भने सोमध्ये ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन् ।

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images