Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • समाचार
  • भक्तपुरका डिएसपी भन्छन् : सरकारी गाडीभित्र...
images

भक्तपुरका डिएसपी भन्छन् : सरकारी गाडीभित्र भएको यौन क्रियाकलापबारे अनुसन्धान जारी छ(भिडियोसहित)

भक्तपुरका डिएसपी भन्छन् : सरकारी गाडीभित्र भएको यौन क्रियाकलापबारे अनुसन्धान जारी छ(भिडियोसहित)

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २५, २०७८ शुक्रवार १८:१४ बजे
  • 342.5K
    SHARES
  • भक्तपुरका डिएसपी भन्छन् : सरकारी गाडीभित्र भएको यौन क्रियाकलापबारे अनुसन्धान जारी छ(भिडियोसहित)

    काठमाडाैं । बिहीबार राती भक्तपुरको घ्याम्पेडाँडाको जंगलमा सरकारी गाडीभित्र भएको यौन क्रियाकलापमा संलग्नमाथि प्रहरीले अनुसन्धान सुरु गरेकाे छ । 

    प्रहरीको प्राराम्भिक अनुसधानमा युवतीले सहमतिमै आफू यौनजन्य गतिविधिमा संलग्न रहेको बताएकी छन् । भक्तपुरका प्रहरी प्रवक्ता दीपक गिरीका अनुसार ती युवती बाटोमा हिँडिरहेका बेला बोलाएका पुरुषसँग ‘सहमति’मै त्यहाँ पुगेको बताएकी छन् ।

    प्रहरीका अनुसार सो गाडीका चालक ४२ वर्षीय जितबहादुर खत्री गाडीबाहिर बसेर रुँगिरहेका थिए । प्रहरीलाई देखेपछि उनी भागेको र प्रहरीले तत्काल पक्राउ गरेको थियो । अर्का ३८ वर्षीय शम्भु कार्की र २१ वर्षीया युवती गाडीभित्रै यौन क्रियाकलापमा संलग्न थिए ।

    प्रहरीले  शंका मान्दै नजिक पुगेर हेर्दा गाडीभित्र युवती नाङ्गै अवस्थामा देखिएको प्रहरीको भनाइ छ । प्रहरी आइपुगेको चाल पाएपछि कार्की गाडीको ढोका खोलेर नाङ्गै त्यहाँबाट भागेको र प्रहरीले लखेटेर उनलाई पक्राउ गरेको गिरीले बताए ।

    प्रारम्भिक सोधपुछमा युवतीले सहमतिपछि मै यौन सम्पर्क गरेको बताएपछि प्रहरीले जिल्ला प्राशासन कार्यालय भक्तपुरबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेकाे छ ।  

    बाहिर दाबी गरिए जस्तो उक्त गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको हो या होइन भन्ने पुष्टि नभएको समेत प्रहरीले जनाएको छ । प्रवक्ता दीपक गिरीका अनुसार प्रहरीले अनुसन्धान गरिरहेकाे छ । 

    मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२३ मा सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने र गरेको खण्डमा एक वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ । 

    (यस अगाडिको शिर्षकलाई गलत अर्थ लगाएर सेयर गरेकोले सच्चाईएको छ - सम्पादक)

    भिडियो रिपोर्ट 

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रहरी प्रवक्ता दीपक गिरी

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images