Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • समाचार
  • उपमहानगरपालिकाले किन्न थाल्याे फोहोर :...
images

उपमहानगरपालिकाले किन्न थाल्याे फोहोर : स्थानीय दंग

उपमहानगरपालिकाले किन्न थाल्याे फोहोर : स्थानीय दंग

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २६, २०७८ शनिवार १०:५२ बजे
  • 538
    SHARES
  • दाङ । दाङ घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ । बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् । गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पु¥याइएको छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ । 

    केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहोर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले गत शुक्रबारदेखि नागरिकको घरमै पुगेर फोहोर खरिद गर्न थालेको हो । घोराही-१४ नयाँ बसपार्कमा जलजला होटलकी सञ्चालक सीता रोकालाई फोहर व्यवस्थापनले निकै पीडा दिँदै आएको थियो । हरेक दिन बिहान फोहर जम्मा गरेर उपमहानगरको गाडीमा पठाउनपर्ने झञ्झट हुन्थ्यो । पहिलो पटक फोहर बेचेकी रोकाले बीस केजी फोहरको दुइसय पाँच रुपैयाँ पाइन् । होटलमा उत्पादन भएको फोहरले आम्दानी हुने भएपछि उनी दंग परेकी छन् । 

    यो वर्षदेखि उपमहानगरभित्रको फोहर खरिद गर्ने नीति लिएपछि फोहर बिक्री गर्ने प्रतिस्पर्धा नै चलेको छ । चालु आर्थिक वर्षको बजेटमै राखेर उपमहानगरपलिकाले गत वैशाखदेखि फोहोर  खरिद गर्न सुरु गरेको थियो । अहिलेसम्म झण्डै बीस हजारको फोहोर खरिद गरिएको उपमहानगरपालिका वातावरण तथा सरसफाइ महाशाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो । 

    उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई दश, कपडा प्रति किलो पाँच, सुर्र्तीजन्य प्लाष्टिकको फोहोर प्रति किलो दुइ रुपैयाँ निर्धारण गरेको छ । वर्गिकरण अनुसारका फोहोरलाई दश देखि बीस रुपैयाँसम्म किलोमा खरिद गर्ने दर कायम गरिएको छ । 

    यसरी खरिद गरिएको गल्ने फोहोरलाई बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगसँग समन्वय गरेर बिक्री गरिने नगर प्रमुख चौधरीले जानकारी दिए । 

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images