Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • समाचार
  • हत्या भएकाे ३८ दिनपछि सुजिताको शव...
images

हत्या भएकाे ३८ दिनपछि सुजिताको शव शौचालयको ट्याङकीमा भेटियो

हत्या भएकाे ३८ दिनपछि सुजिताको शव शौचालयको ट्याङकीमा भेटियो

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २७, २०७८ आइतवार ११:५६ बजे
  • 2.9K
    SHARES
  • महोत्तरी। हत्या भएकाे ३८ दिनपछि महोत्तरीकी सुजिता ठाकुरको शव भेटिएको छ।

    जेठ १९ देखि बेपत्ता भएकी महोत्तरीकी सुजिताकाे शव प्रदेश २ प्रहरी कार्यालय जनकपुर र महोत्तरी प्रहरीले शौचालयको ट्याङ्कीबाट निकालेको हो ।

    यसअघि असार १३ गते सुजिताले लगाएको लुगासहित शरीरका अवशेष शव भेटिएको स्थानबाट करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा भेटिएको थियो । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

    उनको जेठ २० गते परिवारकै सदस्यले हत्या गरेकाे आरोप लागेको छ । सुजिताको हत्याबारे उनकै पाँच वर्षिय छोराले खुलासा गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । 

    सुजिताको हत्या आरोपमा प्रहरीले श्रीमान मुकेश ठाकुर र देवर रूपेशलाई त्यही दिन पक्राउ गरेको छ । सुजिताकी सासू, ससुरा पतिराम र देउरानी रोमा भने फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुजाता

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images