Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • समाचार
  • काेराेनाले रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा...
images

काेराेनाले रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

काेराेनाले रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २७, २०७८ आइतवार १६:३३ बजे
  • 490
    SHARES
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही महिनासम्म मात्र प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएकोे छ ।

    दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा निषेधाज्ञा लागु भएपछि नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्क र जरिवानामा छुट दिइएको अध्यागमन विभागले जनाएको छ । विभागले सूचना निकालेर गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छुट दिइएको जनाएको हो । 

    'वैशाख १५ गतेसम्म नेपालको वैध प्रवेशाज्ञा भएका र असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा निजको प्रस्थानका समयमा नै अध्यागमन कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट निःशुल्क प्रवेशाज्ञा नियमित हुनेछ', सूचनामा भनिएको छ ।

    प्रवेशाज्ञाको अवधि सकिएका विदेशी पर्यटकले नेपालमा थप बस्दा दैनिक तीन अमेरिकी डलर बराबरको प्रवेशाज्ञा शुल्क र त्यस अवधिमा प्रवेशाज्ञा नियमित नहुँदा दैनिक पाँच डलर जरिवानाबापत शुल्क लाग्छ । 

    विभागको सूचनाअनुसार नेपालमा आफ्नो बसाईं थप गर्नका लागि असार २५ देखि आवेदन गर्ने र आगामी साउन १ गतेदेखि नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियम अनुसार प्रवेशाज्ञा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्नेछ । 

    प्रचलित अध्यागमन कानूनमा रहेको प्रावधानमा एक प्रवेशाज्ञा वर्षमा पर्यटकले १५० दिनसम्म बस्न सकिने व्यवस्था रहेको भए पनि निषेधाज्ञाको अवधि गणना नगर्ने साविककै सूचनाअनुसार बस्न पाउने अवधि २१० दिन कायम गरिएको छ ।

    पछिल्लो पटक असार २१ को मन्त्रिपरिषद् बैठकले सबै अन्तरराष्ट्रिय उडान खुलाउने निर्णय लिएको थियो । आजदेखि विभिन्न गन्तव्यमा सातामा ५३ उडान खुला भएका छन् । अधिकांश देशमा नियमितरुपमा उडान शुरु भएपनि अझै केही देशमा उडान शुरु हुन सकेको छैन । 

    Immigrtaion.jpg

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images