Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
images

पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला, ९ जनाको मृत्यु

पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला, ९ जनाको मृत्यु

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ ३०, २०७८ बुधवार १३:०९ बजे
  • 619
    SHARES
  • पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला, ९ जनाको मृत्यु

    काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको मृत्यु भएकाे छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् ।

    पाकिस्तानको उत्तर पश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । 

    सो बसमा रहेका अन्य ३९ जना घाइते भएको समाचार संस्था सिन्ह्वाले जनाएकाे छ । सो प्रान्तको दासु क्षेत्रमा कामदारहरु लिएर हिँडेको सो बसमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए । बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले बम हानेका थिए । 

    बसमा रहेका अरु घाइते यात्रुहरुमध्ये अधिकांश गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।

    यो हमला कसले र किन गरेको हो भन्ने विषयमा केही खुलेको छैन । यहाँका सुरक्षाकर्मीहरुले सो बम हमलाको बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । अहिलेसम्म सो हमलाको कुनै व्यक्ति या समूहले जिम्मेवारी लिएको छैन ।

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images