Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • राजनीति
  • प्रचण्ड र विप्लपको खुमलटार भेटमा के...
images

प्रचण्ड र विप्लपको खुमलटार भेटमा के भयो कुराकानी ?

प्रचण्ड र विप्लपको खुमलटार भेटमा के भयो कुराकानी ?

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ ३१, २०७८ बिहिवार ०६:१६ बजे
  • 511
    SHARES
  • प्रचण्ड र विप्लपको खुमलटार भेटमा के भयो कुराकानी ?

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बीच बुधबार भेटवार्ता भयो ।

    प्रचण्ड निवास खुमलटार महासचिव चन्द नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर पुगेका थिए । दाहाल-चन्दबीच लामो समयको अन्तरालपछि औपचारिक रुपमा भेटमा झण्डै डेढ घण्टाको छलफल भएको थियो । 

    भेटमा अहिलेको राजनीतिक परिस्थिति, अघिल्लो सरकारसँग गरेको सहमति लगायतका विषयमा कुराकानी भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

    नेता बाँस्तोलाले ओली सरकारसँग गरेको सहमति कार्यान्वयनका विषयमा कुराकानी भएको र जेलमा रहेका साथीहरुबारे पनि ध्यानाकर्षण गराएको बताए । 

    पूर्वमाओवादीहरु एक हुने विषयमा भने तत्कालै सम्भव नभएको बताउँदै अब भेटघाट र छलफललाई निरन्तरता दिनुपर्नेमा जोड दिएको जानकारी दिए । 

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार
    images