Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • समाचार
  • कोरोना उपचार र रोकथामलाई प्रभावकारी बनाउन...
images

कोरोना उपचार र रोकथामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

कोरोना उपचार र रोकथामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ ३१, २०७८ बिहिवार ०७:४८ बजे
  • 376
    SHARES
  • कोरोना उपचार र रोकथामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

    कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सिसिएमसी) का गतिविधिबारे बुधबार सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएका हुन् ।  

    बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए ।

    ‘कोभिड-१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम(कारवाहीका विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग जानकारी लिएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेखेका छन्, ‘कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु ।’

    प्रधानमन्त्री देउवा नेतृत्वको सरकारको मंगलबार साँझ बसेको पहिलो बैठकले चैत मसान्तभित्र खोप लगाउन योग्य सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री शेरबहादुर देउवा

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images