Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • समाचार
  • निषेधाज्ञा मोडालिटीबारे छलफल हुँदै, लामो दुरीका...
images

निषेधाज्ञा मोडालिटीबारे छलफल हुँदै, लामो दुरीका सार्वजनिक गाडी चलाउने तयारी

निषेधाज्ञा मोडालिटीबारे छलफल हुँदै, लामो दुरीका सार्वजनिक गाडी चलाउने तयारी

images
images
  • आषाढ ३१, २०७८ बिहिवार ०८:२२ बजे
  • 316
    SHARES
  • निषेधाज्ञा मोडालिटीबारे छलफल हुँदै, लामो दुरीका सार्वजनिक गाडी चलाउने तयारी

    काठमाडौं । निषेधाज्ञाको थप मोडालिटी तय गर्नका लागि आज स्वास्थ्य मन्त्रालयसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमखु जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ । 

    आज दुई बजेपछि आफूहरूबीच निषेधाज्ञा बारेमा छलफल हुने जानकारी दिँदै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले थप १५ दिन निषेध आदेश गर्नेगरी छलफल हुने बताए ।

    लामो दुरीका गाडी नचल्दा नागरिकले धेरै दुस्ख पाएको भन्दै जोर-बिजोर प्रणालीमा भए पनि सार्वजनिक गाडी चलाउन दिने तयारी भएको पनि उनले जानकारी दिए । 

    अहिले पनि विभिन्न बहानामा भइरहेको र यात्रुहरुले तेब्बर-चौबर भाडा तिर्नु परेको गुनासो बढेपछि जोर(बिजोर प्रणालीमा लामो दुरीका गाडी चलाउने बारेमा पनि छलफल हुने निरौलाले बताए । 

     साउन १ गतेदेखि कडा निषेधाज्ञा हुने हल्ला फैलिरहेको तर हल्ला फैलिए जस्तो कुनै पनि गतिविधि नहुने हुँदा किनमेलका लागि बजारमा भिडभाड नगर्न पनि उनले आग्रह गरे । 

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार
    images