Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • राजनीति
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, पार्टी...
images

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, पार्टी पदाधिकारी बैठक स्थगित

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, पार्टी पदाधिकारी बैठक स्थगित

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ ३१, २०७८ बिहिवार ०९:३७ बजे
  • 469
    SHARES
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, पार्टी पदाधिकारी बैठक स्थगित

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

    देउवाले दिउँसो २ बजेका लागि बैठक बोलाएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    देउवा प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्को दोस्रो बैठक बस्दै छ । मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा  केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ । 

    आजको बैठकले पुनःस्थापित प्रतिनिधिसभा वैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्ने सम्भावना छ । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गरी ७ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेको थियो ।

    मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए । 

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images