Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
images

मोटरसाइकल दुर्घटनामा वडासदस्यको निधन

मोटरसाइकल दुर्घटनामा वडासदस्यको निधन

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ ३१, २०७८ बिहिवार १०:०८ बजे
  • 382
    SHARES
  • मोटरसाइकल दुर्घटनामा वडासदस्यको निधन

    इलाम । मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडासदस्यको मृत्यु भएको छ ।

    बुधबार साँझ दुर्घटनामा पर्नुभएका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो । इलाम माङसेबुङ गाउँपालिका–४ मार्चेबुङका सदस्य राई दमक रवि सडकखण्डमा दुर्घटनामा परेका हुन् ।

    आफैँले चलाएको मे८प ६०४ नम्बरको मोटरसाइकलबाट घरतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई रतुवा पुल नजिक सेतेभिरबाट अन्दाजी करिब १०० मिटर तल झर्दा उनको टाउकोमा चोट देखिएको थियो । 

    सख्त घाइते भएका राईलाई उपचारका लागि झापाको बिएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए। शव हाल बिएण्डसी अस्पतालको शवगृहमा राखिएको बताइएको छ । 

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images