Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • राजनीति
  • काेटेश्वर पुगेर प्रचण्ड र विप्लवले भेटे...
images

काेटेश्वर पुगेर प्रचण्ड र विप्लवले भेटे माधव नेपाल 

काेटेश्वर पुगेर प्रचण्ड र विप्लवले भेटे माधव नेपाल 

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ ३१, २०७८ बिहिवार १०:३६ बजे
  • 778
    SHARES
  • काेटेश्वर पुगेर प्रचण्ड र विप्लवले भेटे माधव नेपाल 

    काठमाडौं । एमालेका नेता माधवकुमार नेपालको निजी निवासमा बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपालबीच भेटवार्ता भएकाे छ ।

    कोटेश्वरमा भएको यो भेटको तस्वीर माधवकुमार नेपालले नै सार्वजनिक गरेका छन् । तरल राजनीतिक अवस्थामा भएको यो भेट अर्थपूर्ण रुपमा हेरिएकाे छ । 

    Photo 2.jpg

    ओली सरकारको बर्हिगमनपछि विप्लव पहिलो पटक बुधबार प्रचण्डसँग खुमलटार पुगेर भेटेका थिए । भेटका क्रममा सबै माओवादीबीच एकीकरण हुनुपर्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    एमालेमा विद्रोह गरिरहेका माधव नेपालहरुले पनि वृहत कम्युनिष्ट पार्टी बनाउने बताइरहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेकपामा माधव र प्रचण्ड मिलेर ओलीसँग संघर्ष गरेका थिए ।

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images