Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • राजनीति
  • बाबुराम भट्टराईकाे प्रस्ताव : अवकाश प्राप्त...
images

बाबुराम भट्टराईकाे प्रस्ताव : अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाऔँ

बाबुराम भट्टराईकाे प्रस्ताव : अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाऔँ

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ ३१, २०७८ बिहिवार १०:४६ बजे
  • 1.2K
    SHARES
  • बाबुराम भट्टराईकाे प्रस्ताव : अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाऔँ

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिष्ठित नागरिक वा अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन् ।

    बिहीबार सामाजिक सञ्जाल ट्वीटरमामार्फत डा. भट्टराईले गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानु बेस हुने धारणा राखेका हुन् । 

    उनले लेखेका छन्, ‘गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है ! त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि ?’

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images