Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
images

यसकारण एनआरएनए जापानकाे अध्यक्षमा गुरुङकाे उम्मेदवारी 

यसकारण एनआरएनए जापानकाे अध्यक्षमा गुरुङकाे उम्मेदवारी 

images
images
  • 1.6K
    SHARES
  • यसकारण एनआरएनए जापानकाे अध्यक्षमा गुरुङकाे उम्मेदवारी 

    जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानकाे अध्यक्षमा अनिता गुरुङले उम्मेदवारी दिएकी छन् । वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेकी गुरुङले 'आजकाे नारी काँधमा जिम्मेवारी' भन्ने नारासहित आगामी कार्यकालकाे लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् । 

    images
    images
    images

    गुरुङले एनआरएनए जापानलाई लाेकप्रिय तथा उर्जाशील बनाउनका लागि सांगठनिक काम चुस्त राख्ने प्रतिबद्धता पनि जनाएकी छन् । उनले नेपाल जापान मैत्री सम्बन्ध थप सुदृढ बनाउनका लागि पहल गर्ने पनि बताएकी छन् । 

    आफूले जापान बसाइकाे सुरुवाती दिनहरुबाट नै संघमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा क्रियाशील भएकाे र काम गरेकाे पनि बताएकी छन् । 

    गुरुङले जापानमा अध्ययनरत विद्यार्थी तथा राेजगारीका लागि जापान पुगेका नेपाली नागरिककाे लागि आवश्यक सहयाेग गर्ने प्रतिबद्धता पनि जनाएकी छन् । जापानमा कामदारले भाेग्नु पर्ने समस्या र पारिश्रमिक नपाउने समस्या समाधानका लागि जापानकाे स्थानीय सरकारसँग समन्वय गरी सहयाेग गर्ने प्रतिबद्धता पनि जानएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार