Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
  • मनोरञ्जन
  • पोर्न फिल्म काण्डमा अर्की अभिनेत्री, राज...
images

पोर्न फिल्म काण्डमा अर्की अभिनेत्री, राज कुन्द्रासँग थियो ५० प्रतिशतको 'डिल'

पोर्न फिल्म काण्डमा अर्की अभिनेत्री, राज कुन्द्रासँग थियो ५० प्रतिशतको 'डिल'

images
images
  • 4.5K
    SHARES
  • पोर्न फिल्म काण्डमा अर्की अभिनेत्री, राज कुन्द्रासँग थियो ५० प्रतिशतको 'डिल'

    काठमाडाैं । अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा कानुनी झमेलामा फसेका छन् । राज कुन्द्रामाथि अश्लील फिल्म बनाउको र ती फिल्मलाई एपमार्फत सार्वजनिक गरेको आरोप छ । यो केसमा नयाँ नयाँ खुलासाहरु भइरहेका छन् । 

    images
    images
    images

    पछिल्लो समय अभिनेत्रीहरु शर्लिन चोपडा र पूनम पाण्डेको पनि राज कुन्द्रासँग सम्बन्ध भएको देखिएको छ । एक भारतीय मिडियाले लेखेअनुसार यो केसमा शर्लिन चोपडा र पुनम पाण्डेको नाम पनि आरोपीको रुपमा आएको थियो । 

    उनीहरुको बयान महाराष्ट्र साइबरले रेकर्ड गरेको थियो जुन बयानमा कथित रुपमा दुवैले राज कुन्द्राविरुद्ध आरोप लगाएका थिए । राज कुन्द्रालाई गत वर्ष अदालतले अन्तरिम जमानत दिएको थियो र जमानत आवेदनमा अन्तिम सुनुवाइ यो महिनाको अन्त्यमा हुने तय छ ।

    स्रोतका अनुसार शर्लिन चोपडाको राज कुन्द्राको फर्म आर्म्सप्राइम मिडियासँग सम्झौता थियो । यो सम्झौता भारतबाहिरका कम्पनीका केही एपको लागि अश्लील सामग्री उपलब्ध गराउने थियो । 

    उनका पूर्व वकिल चरणजीत चन्द्रपालका अनुसार शर्लिन सेमी पोर्नोग्राफीको साथमा आफ्नो एप चलाउँथिन् । यो पार्ट टाइम काम त्यति राम्रो चलिरहेको थिएन । केही समयपछि शर्लिनलाई राज कुन्द्राले आफ्नो लागि उपयुक्त व्यक्तिको रुपमा फेला पारे । राजले शर्लिनलाई नाफाको ५० प्रतिशत दिने भनेका थिए । यो सम्झौतामा राजले स्वयं हस्ताक्षर गरेका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार