Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
  • समाचार
  • देउवालाई दुनियाँकै क्रान्तिकारी देख्नेहरुलाई सहिदको रगतले...
images

देउवालाई दुनियाँकै क्रान्तिकारी देख्नेहरुलाई सहिदको रगतले पोल्नेछ : गंगा चौधरी

देउवालाई दुनियाँकै क्रान्तिकारी देख्नेहरुलाई सहिदको रगतले पोल्नेछ : गंगा चौधरी

images
images
  • 3.7K
    SHARES
  • देउवालाई दुनियाँकै क्रान्तिकारी देख्नेहरुलाई सहिदको रगतले पोल्नेछ : गंगा चौधरी

    काठमाडौं । एमाले नेतृ तथा सांसद गंगा चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुका लागि 'देउवा दुनियाँकै क्रान्तिकारी' भएको उल्लेख गरेकी छिन् । 

    images
    images
    images

    आज नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत देउवालाई मत दिने सांसादहरुलाई उनले प्रश्न गरेकी हुन् । सूर्यलाई भोट मागेर आफू रुखमा भोट हाल्नेहरुको हर्कतले मदन भण्डारी, पुष्पालाल श्रेष्ठहरुको आत्म जलेको उनले उल्लेख गरेकी छिन् ।

    उनले लेखेकी छिन्, ‘जनतासंग सूर्यमा भोट माग्नु भयो, आफूले रुखमा भोट हाल्नु भयो । देउवालाई विश्वासको मत दिनुभयो । स्व। मनमोहनको आत्मा कति भतभति जलिरहेको होला ? स्वर्गिय मदन भण्डारी, पुष्पालाल श्रेष्ठहरुको आत्मा कति भतभति जलिरहेको होला ?’ 

    त्यस्तै उनले तत्कालिन समयमा शेरबहादुर देउवाले घाइते अवस्थामा रहेका मनमोहन अधिकारीलाई अस्पतालकै बेडबाट अविश्वासको प्रस्तावको जवाफ दिन बाध्य पारेको समेत आरोप लगाएकी छिन् । ‘हेलिकप्टर दुर्घटनामा परेर टिचिङ अस्पतालको बेडमा छट्पटाईरहेको बेला, मनमोहनले म बुढो मान्छे, घाइते छु । मलाई एक साता समय दिनुस् । म संसदमा उभिएर अविस्वास प्रस्तावको जवाफ दिएर सत्ता हस्तान्तरण गर्छु भनेर आग्रह गर्दा समेत तत्कालीन कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले नमानेपछि घाइते मनमोहनलाई अस्पतालको बेडबाट जवाफ दिन बाध्य पारियो ।’– उनले भनेकी छिन् । 

    आज तिनै देउवालाई विश्वासको मत दिएर साथीहरुले क्रान्तिकारीता देखाएको भन्दै उनले व्यङ्ग्य गरेकी छिन् । 

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार