Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
  • समाचार
  • प्रहरीलाई थर्काउने गोपालमानका भतिज मन्त्री...
images

प्रहरीलाई थर्काउने गोपालमानका भतिज मन्त्री बनेपछि स्याङ्जालीले घोषणा गरे कालो दिन

प्रहरीलाई थर्काउने गोपालमानका भतिज मन्त्री बनेपछि स्याङ्जालीले घोषणा गरे कालो दिन

images
images
  • 9.3K
    SHARES
  • प्रहरीलाई थर्काउने  गोपालमानका भतिज मन्त्री बनेपछि स्याङ्जालीले घोषणा गरे  कालो दिन

    स्याङ्जा  । समानुपातिक कोटाबाट गण्डकी प्रदेश सरकारको सांसद बनेका मेखलाल श्रेष्ठ मन्त्री भएपछि स्याङ्जामा व्यापक बिरोध भएको छ । नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका उपनेता समेत रहेका श्रेष्ठलाई शुक्रबार मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षा, सास्कृती, बिज्ञान तथा सामाजिक बिकास मन्त्रीको जिम्मेवारी दिएका थिए ।

    images
    images
    images

    बेलाबेलामा विवाद बनेर चर्चा आइरहेका श्रेष्ठ पछिल्लो समय डिउटीमा खटिएका प्रहरीलाई थर्काएर चर्चा आएका थिए भने यतिबेला आफ्नै कार्यकर्ता र नेताको आलोचनाले चर्चामा आएका छन् । नेपाली काङ्ग्रेसका संगठन बिभाग प्रमुख तथा पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निकट भएकै कारण मेखलाललाई मन्त्री बनाइएको भन्दै स्याङ्जाका नेता तथा कार्यकर्ताले सामाजिक संजालमा आक्रोश पोखेका छन् ।

    देशमै एक छत्र नेपाली काङ्ग्रेसले राज गरेको स्याङ्जामा उ बेला बिपिले अन्यत्र गएर भन्ने गरेको उखान “काङ्ग्रेस हेर्न स्याङ्जा जाउ” भन्ने गरेपनि गोपालमान श्रेष्ठले सधै चाकडीवादलाई प्रसय दिदा स्याङ्जाको काङ्ग्रेस ध्वस्त हुदै गएको आक्रोश स्याङ्जाका काङ्ग्रेसले सामाजिक संजालमा व्यक्त गरेका छन् । पाटिको संगठन बिभाग प्रमुखनै संगठनको भलो तिर लाग्न भन्दा आफुलाई चाकरी गर्नेलाई मात्रै महत्तव दिने गर्दा स्याङ्जामा काङ्ग्रेस धरासाहि हुँदै गएको उनीहरुको आरोप छ ।

    foto.jpg

    स्याङ्जाको दुई निर्वाचन क्षेत्रबाट संघीय सांसदमा दुई सांसद र प्रदेश सांसद दुई जना गरि चार सांसद प्रत्यक्ष निर्वाचन हुने गरेपनि यस अघि नेपाली काङ्ग्रेसले जित्दै आएको निर्वाचन क्षेत्रबाट समेत नेपाली काङ्ग्रेसले हार ब्याहोर्नु परेको थियो । चार प्रत्यक्ष सांसद बन्न सक्ने ठाउँमा जिल्ला भरिमै एक मात्रै प्रत्यक्ष सांसद बनेका भागवत प्रकाश मल्ललाई मन्त्री नबनाएर चोर बाट सांसद बनेका मेखलाललाई मन्त्री बनाउनु स्याङ्जा काङ्ग्रेसको कालो दिन भएको उनीहरुको टिप्पणी छ । स्वयं गोपालमान श्रेष्ठले संघीय चुनाव हारेको ठाउँमा प्रदेशको सांसदमा बिजय बनेका मल्ललाई मन्त्री नबाएर मेखलाललाई मन्त्री बनाउनु भनेको जनताको मतको अबमुल्यान भएको स्याङ्जाका नेता तथा कार्यकर्ताको ठहर छ ।

    दुबैजना सांसद गोपालमान खेमाकै भएपनि गण्डकी सरकारमा मन्त्रीको सिफारिस गर्दा जनताको अभिमत भन्दा पनि नेताको चाकरी वादलाई प्रसय दिएको गोपालमान श्रेष्ठलाई कार्यकर्ताले आरोप लगाएका छन् । दुबैजना गोपालमान श्रेष्ठ खेमाकै सांसद भएको हुँदा स्याङ्जाले पाउने मन्त्रीको भागबन्डा मिलाउन पाटिले गोपालमान श्रेष्ठलाई जिम्मेवारी दिएको श्रोतको दाबी छ । गोपालमानले पाएको उक्त जिम्मेवारी जनताको अभिमत भन्दा बाहिर गएर निर्णय गरेको भन्दै गोपालमानलाई स्याङ्जाको राजीनामा अब हाबी हुन नदिन जिल्लामा एक अभियानकै आवश्यक भएको स्याङ्जाका काङ्ग्रेसले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार