Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
  • समाचार
  • एसएसबीले तुइन काटेर बेपत्ता भएकोबारे ...
images

एसएसबीले तुइन काटेर बेपत्ता भएकोबारे दार्चुलाका कांग्रेस सांसदले भने, 'तुइन तर्ने क्रममा खसेर बेपत्ता '

एसएसबीले तुइन काटेर बेपत्ता भएकोबारे दार्चुलाका कांग्रेस सांसदले भने, 'तुइन तर्ने क्रममा खसेर बेपत्ता '

images
images
  • 4.7K
    SHARES
  • काठमाडाैं । दार्चुलाका नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला घटनाकाे बारेमा सरकारकाे ध्यानाकर्षण गराएका छन् । भारतीय एसएसबीले तुइन काट्दा स्थानीय जयसिंह धामी खसेर महाकाली नदीमा बेपत्ता भएको खबर विभिन्न सञ्चारमाध्यममा खबर आइरहेका बेलामा बडूले भने 'तुइन तर्ने क्रममा खसेर' उल्लेख गरेका छन् । 

    images
    images
    images
     

    सामाजिक सञ्जालमार्फत बडूले सरकारकाे ध्यानकर्षण गराएका हुन् । उनले लेखेका छन्, 'दार्चुलाको व्यास गाउँपालिका-२ राप्लाको मालघाटमा तुइन तर्ने क्रममा स्थानीय जयसिंह धामी खसेर महाकाली नदीमा वेपत्ता भएको घटनाको खबरले मलाई अत्यन्तै दु:खी एवं स्तब्ध बनाएको छ ।'

    उनले उक्त घटनाका सम्बन्धमा शुक्रबार नै जिल्ला प्रशासन कार्यालयबाट घटनाका बारेमा जानकारी लिई गृहमन्त्री ज्यूलाई समेत जानकारी गराइएकोमा मन्त्रालयले छानबिन समिति समेत गठन गरिसकेको जानकारी पनि दिएका छन् । 

    उनले भनेका छन् 'घटनाको गम्भीरतापूर्वक छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा घटनाका दोषीलाई कारवाही गर्न/गराउन का साथै तुइन तर्ने क्रममा बेपत्ता भएकाको खोजीकार्य एवं निजको परिवारलाई आवश्यक क्षतिपूर्तिका लागि समेत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।'

    उनकाे उक्त अभिव्यक्तिमाथि कतिपयले आक्राेश पनि पाेखेका छन् । 'तुइन काटिएकाे विषय' उल्लेख नगरिएकाे भनी उनकाे आलाेचना भएकाे हाे । 

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार