Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
images

ईपीएस पास गरेकालाई कोरिया पठाउन निर्देशन

ईपीएस पास गरेकालाई कोरिया पठाउन निर्देशन

images
images
  • सुनौलो नेपाल
  • श्रावण १७, २०७८ आइतवार १५:५१ बजे
  • 979
    SHARES
  • ईपीएस पास गरेकालाई कोरिया पठाउन निर्देशन

    काठमाडौं। संसदीय समितिले ईपीएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ। 

    images
    images
    images

    संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरवारमा बसेको बैठकले ईपीएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो। 

    ईपीएस परीक्षा पास गरेर बसेका करिव १० हजार कामदारले दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी दिएका थिए। सोही उजुरीको सुनुवाइ गर्दै सम्बन्धित मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिइएको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए।

    बैठकमा ईपीएस परीक्षा पास गरेका कामदारलाई समेत कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यले सरकारको चर्को आलोचना गरेका थिए। समितिका सदस्य खिमलाल देवकोटाले सबै प्रक्रिया पूरा गरेका कामदारलाई अझै दक्षिण कारिया नपठाएर सरकारले कमजोरी प्रकट गरेको भन्दै आपत्ति जनाए। 

    समिति सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मुख्य सचिव शंकरदास बैरागीले आवश्यक प्रक्रिया पूरा गरेर परीक्षा पास गरेकालाई छिटो दक्षिण कोरिया पठाउन आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले कोभिड संकटका कारण उनीहरुले समयमै कामका लागि दक्षिण कोरिया जान नसकेको पनि समितिका सदस्यलाई जानकारी गराएका छन्। 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले खोप, उडानका लागि प्लेनको आवश्यक व्यवस्था मिलाउन नसक्दा ईपीएस परीक्षा पास गरेर पनि कामदारलाई दक्षिण कोरिया पठाउने काममा ढिलाई भएको स्पष्टीकरण दिएका छन्।

    समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोरियाका लागि जाने कामदारहरुका लागि कोरोना विरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले श्रम सम्झौंताका लागि कुनै समस्या भए तत्काल सम्बोधन गर्न आफ्नो मन्त्रालय तयार रहेको बताएका छन्।  

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ईपीएस
  • # दक्षिण कोरिया

  • images
    images
    images
    images
    सम्बन्धित समाचार