Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
images

प्रशिक्षक काण्डपछि एन्फामा पहिरो !

प्रशिक्षक काण्डपछि एन्फामा पहिरो !

images
images
  • गोविन्द रेग्मी
  • श्रावण १७, २०७८ आइतवार १६:३२ बजे
  • 1.9K
    SHARES
  • प्रशिक्षक काण्डपछि एन्फामा पहिरो !

    काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकरणले नेपाली फुटबल क्षेत्र तातेको छ। 

    images
    images
    images

    प्रशिक्षकको राजीनामा प्रकरण केवल राजीनामा मात्र सीमित छैन। अझ उनले समाजिक सञ्जाल फेसबुकमा राजीनामा दिएको लेखेर वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई दोष दिएको घटना रहस्यमय बन्दै गएको छ।

    प्रशिक्षकले औपचारिक रुपमा एन्फामा राजीनामा नबुझाएर किन फण्डा रचे भन्ने विषयले अहिले सिंगो फुटबल क्षेत्र चकित छ। कतार सरकारको सहयोगमा नेपाली टिमको प्रशिक्षक बनेका कुवेती नागरिक अब्दुल्लाहको राजीनामालाई एन्फा भित्र पदाधिकारीको दाउपेच र आसन्न निर्वाचनका लागि प्रयोग गरिएको हतकण्डाको रुपमा समेत हेरिएको छ।

    प्रशिक्षक राजीनामाको विषयमा शुक्रबार एन्फा कार्यसमितिको आपत्कालीन बैठकसमेत बस्यो। तर बैठकले कुनै समाधानको उपाय निकालेन। प्रशिक्षको विषयमा छानबिन गर्न एन्फाले उल्दै युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्यो। सामाजिक सञ्जालमा लेखिएको राजीनामालाई मन्त्रालयले कुन आधारमा छानबिन गर्ला त्यो पनि अर्को फण्डा भएको छ।

    सँधैजसो विवादले घेरिएको एन्फा विवादको घेराबाट बाहिर जान सकेको छैन। एन्फामा अहिले पनि दुई खेमा सक्रिय छन्। संस्थापन पक्षको नेतृत्व अध्यक्ष कर्माछिरिङ शेर्पाले गरेका छन्। विद्रोही एवं ‘चेन्ज एन्फा’ को नेतृत्व वरिष्ठ उपाध्यक्ष नेम्वाङले गरेका छन्।

    नेम्वाङ समूह अहिले एन्फाभित्र अल्पमतमा छ। त्यसैले उनको कुराले एन्फामा त्यति ठाउँ पाउँदैन। अझ आगामी निर्वाचनमा नेम्वाङ अध्यक्ष पदको उम्मेद्वार रहेको विषय ‘ओपन सेक्रेट’ छ। एउटै समूहमा लागेर तत्कालीन अध्यक्ष गणेश थापा नेतृत्वको विरोधमा सँगै उभिएका शेर्पा र नेम्वाङको सम्बन्ध चिसिएको छ।

    Nekapa_Mawadi_Baithak (1).png

    साढे तीन वर्षअघि एउटै समूहमा रहेर निर्वाचनमा दुई तिहाई ल्याएका शेर्पा र नेम्वाङ आगामी वैशाखमा आयोजना हुने एन्फाको निर्वाचनमा अध्यक्षका प्रत्यासी छन्।

    नेम्वाङले स्वंयंले सुनौलो नेपालसँगको छलफलमा प्रशिक्षकको राजीनामा काण्डले आफूलाई अध्यक्ष पदको लागि झकझक्याएको धारणा राखेका थिए। उनले अध्यक्षको लागि साथीभाइसँग छलफल गरिरहेको समेत बताएका थिए। पंकजलाई अहिले एन्फामा अर्का उपाध्यक्ष वीरबहादुर खड्का, कृष्ण थापा, दाबा लामा लगायतको साथ छ।

    गत सात मात्र उपाध्यक्ष कृष्ण थापाले एन्फाको प्राविधिक कमिटिको संयोजकबाट राजीनामा दिएका थिए। त्यसअघि एन्फा एकेडेमी हेरिरहेका सदस्य दिनेश व्याञ्जनकार सहितको राजीनामाले एन्फाका चरम विद्रोहको सुरुआत भइसकेको थियो।

    आइतबार अध्यक्ष शेर्पालाई साथ दिँदै आएका एन्फाका प्रवक्ता समेत रहेका किरण राईले पनि पत्रकार सम्मेलन गरेर राजीनामा दिने तरखरमा थिए। दिउँसो १ बजेका लागि तय भएको पत्रकार सम्मेलन एक घण्टाअघि मात्र रोकिएको छ। एन्फा स्रोतका अनसार प्रवक्ता राई पनि नेम्वाङलाई मुछेर प्रशिक्षकको राजीनामा आएको घटनाप्रति असन्तुष्ट छन्।

    उनी विस्तार्रै नेम्वाङ समूहमा खुलेको बताइएको छ। एन्फा निर्वाचन नजिकिएकाले चुनावको तयारीका लागि विभिन्न बहानामा बखडा निकाल्नेक्रम सुरु भएको छ। त्यसैले एन्फामा ६/७ महिना पदीय जिम्मेवारीमा रहनुभन्दा राजीनामा दिएर नयाँ चुनावी दाउपेजमा लाग्न पदाधिकारी उद्धत छन्। प्रशिक्षकको पछिल्लो राजीनामा प्रकरण त्यसैको उपज मानिन्छ। 
      

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार