Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
images

पार्टीलाई एकतावद्ध गर्ने एमालेको निर्णय : असोज ९ भित्र स्थानीय तहको अधिवेशन

पार्टीलाई एकतावद्ध गर्ने एमालेको निर्णय : असोज ९ भित्र स्थानीय तहको अधिवेशन

images
images
  • सुनौलो नेपाल
  • श्रावण १७, २०७८ आइतवार १८:०१ बजे
  • 1.1K
    SHARES
  • पार्टीलाई एकतावद्ध गर्ने एमालेको निर्णय : असोज ९ भित्र स्थानीय तहको अधिवेशन

    काठमाडौं : नेकपा (एमाले)ले पार्टीलाई एकतावद्ध गरेर अगाडि लाने निर्णय गरेको छ । आइतबार ललितपुरको तुलसीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले पार्टीलाई एकतावद्ध गरेर लानका निम्ति गर्नुपर्ने सबै प्रयास गर्ने निर्णय गरेको हो । 

    images
    images
    images

    बैठकले २०७५ जेठ २ को टाइम लाइनअनुसार नै पार्टीलाई एकतावद्ध गरेर लाने निर्णय भएको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । त्यसैगरी बैठकले देशभरका सबै पालिकाको अधिवेशन असोज ९ भित्र गरिसक्ने निर्णयसमेत गरेको छ । 

    सोमबार दिउँसो ३ बजे पुनः बैठक बस्नेगरी आइतबारको बैठक सम्पन्न भएको हो । एमालेले साउन २४ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    यसअघि शनिबार बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी स्थगित भएको थियो । प्रतिष्ठानमा नै बसेको बैठक  पार्टी एकताका लागि थप पहल गर्ने भन्दै अध्यक्ष केपी ओलीले आइतबारसम्मका लागि स्थगित गरेका थिए । बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमाथि छलफल राखिएको थियो । 

    शनिबार नै अध्यक्ष ओली र पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलमा पार्टी एकताका लागि दृढतापूर्वक लाग्ने सहमति भएको थियो । 

    सिंहदरबारमा भएको पार्टी आन्तरिक विवाद समस्या समाधान कार्यदलका नेता सहभागी छलफलमा कुनै पनि हालतमा पार्टी एकतालाई जोगाउन लाग्ने गरी छलफल भएको थियो । 

    कार्यदलले गत २७ गते १० बुँदे सहमति गरेको थियो । निर्धारित समयभन्दा केही ढिला गेर सुरु बैठकमा नेपाल पक्षीय नेता सहभागी नभए पनि पार्टी उपाध्यक्ष वामदेव गौतम सहभागी थिए। 

    Nekapa_Yemale_Baithak (8).png

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # निर्णय

  • images
    images
    images
    images
    सम्बन्धित समाचार