Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
  • राजनीति
  • महाकाली तुइन घटना : गृह मन्त्रालयले...
images

महाकाली तुइन घटना : गृह मन्त्रालयले बनायो छानबिन समिति 

महाकाली तुइन घटना : गृह मन्त्रालयले बनायो छानबिन समिति 

images
images
  • सुनौलो नेपाल
  • श्रावण १७, २०७८ आइतवार १८:१४ बजे
  • 1.2K
    SHARES
  • महाकाली तुइन घटना : गृह मन्त्रालयले बनायो छानबिन समिति 

    काठमाडौं। महाकालीमा तुइनबाट झरेर एक नेपालीको मृत्यु भएको घटना छानबिनका लागि गृहमन्त्रालयले समिति बनाएको छ। 

    images
    images
    images

    भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि नदीमा खसेर नेपाली बेपत्ता भएको घटनाबारे छानबिन गर्न गृहसचिवको नेतृत्वमा गृहमन्त्री बालकृष्ण खाणले समिति गठन गरेका हुन्। 

    गृहसचिव नेतृत्वको समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहने छन्। 

    समितिलाई गृहमन्त्री खाणले छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाउन निर्देशनसमेत दिएका छन्।

    शुक्रबार बिहान दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउनेक्रममा महाकाली तर्न तुइन चढेका युवा बेपत्ता भएका थिए। 

    स्थानीयले एसएसबीले तुइन काटेपछि जयसिंह धामी बेपत्ता भएको बताएका छन्।  

    नेपालीमाथि एसएसबीको ज्यादती 

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार