Logo शनिवार, आश्विन ३० गते २०७८
images
शनिवार, आश्विन ३० गते २०७८
images
  • राजनीति
  • महाधिवेशन सार्नेबारे गगन थापाकाे असन्तुष्टि :...
images

महाधिवेशन सार्नेबारे गगन थापाकाे असन्तुष्टि : नेताले आदेश दिए पुग्ने, कार्यकर्ता कुरेर बस्नुपर्ने ?

महाधिवेशन सार्नेबारे गगन थापाकाे असन्तुष्टि : नेताले आदेश दिए पुग्ने, कार्यकर्ता कुरेर बस्नुपर्ने ?

images
images
  • 736
    SHARES
  • महाधिवेशन सार्नेबारे गगन थापाकाे असन्तुष्टि : नेताले आदेश दिए पुग्ने, कार्यकर्ता कुरेर बस्नुपर्ने ?

    काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले महाधिवेशनको मिति सार्न लागिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

    images
    images
    images

    'कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने,बेथितिको जिम्मा लिनै नपर्ने,' थापाले ट्विट्मार्फत भनेका छन् 'बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने !'

    उनले यस्तो बेहालमा पनि पार्टी चलाइरहने कि बदल्ने ? भनेर प्रश्न पनि गरेका छन् ।

    शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी बैठकमा माघमा महाधिवेशन गर्ने विषयमा छलफल भएको थियो ।

    शुक्रबारकाे बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औँ महाधिवेशनको मिति नसर्ने बताएका थिए । तर प्रधानमन्त्री देउवा निकटका केही नेताहरुले महाधिवेशन सार्नेबारे अनाैपचारिक छलफल भएकाे केही सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार