Logo शनिवार, आश्विन ३० गते २०७८
images
शनिवार, आश्विन ३० गते २०७८
images

‘एमसीसी पारित गर्नुपर्छ’

images

प्रचण्डसँग चुनाव लड्ने बादलको चेतावनी !

प्रचण्डसँग चुनाव लड्ने बादलको चेतावनी !

images
images
  • सुनौलो नेपाल
  • आश्विन ८, २०७८ शुक्रवार १७:१५ बजे
  • 994
    SHARES
  • प्रचण्डसँग चुनाव लड्ने बादलको चेतावनी !

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनाव लड्न तयार रहेको बताएका छन् । 

    images
    images
    images

    नेता बादलले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिएका हुन् । शुक्रबार चितवनको भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन’, उनले भने, ‘आगामी दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

    नेता बादलले प्रचण्ड पार्टी लाइन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र मुलुकको समृद्धिको विरोधी लाइनमा लागेको आरोपसमेत लगाएका छन् । 

    उनले सभामुख अग्नीप्रसाद सापकोटा पार्टी कार्यकर्ताको भूमिकामा उभिएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको पनि स्पष्ट पारेका छन् । उनले आफ्नो पार्टी एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको बताएका छन् । 

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # बादल

  • images
    images
    images
    images
    images
    सम्बन्धित समाचार