Logo शनिवार, आश्विन ३० गते २०७८
images
शनिवार, आश्विन ३० गते २०७८
images
  • राजनीति
  • शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा के...
images

शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा के के भयो ? 

शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा के के भयो ? 

images
images
  • सुनौलो नेपाल
  • आश्विन ८, २०७८ शुक्रवार १७:५७ बजे
  • 1.0K
    SHARES
  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु गरेको छ। शुक्रबारको केन्द्रीय कमिटी बैठकले छलफलका लागि १० वटा समूह निर्माण गरेको छ। 

    images
    images
    images

    ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो।

    एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईका अनुसार अध्यक्ष केपी ओलीले स्थायी कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेका संगठनात्मक र विधान संशोधन सम्बन्धी प्रतिवेदनसहित सुझाव बैठकमा प्रस्तुत गरिएको छ। 

    प्रतिवेदनमाथि छलफल गर्नका निम्ति १० वटा विभिन्न समूहमध्ये ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जको एक समूह, विभागीय प्रमुखको समूह र प्रदेशमा सम्पर्क कमिटी, उपत्यका विशेष कमिटी लगायतका समूहलाई हेर्ने अर्को समूह निर्माण गरेको गरिएको छ। भट्टराईले प्रतिवेदनमाथि विभिन्न समूहले शनिबार १ बजेसम्म अध्ययन गर्ने र १ बजे बस्नेपछि केन्द्रीय कमिटीको बैठकमा आफ्ना सुझाव राख्ने बताए।

    ‘नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानअनुसार पार्टीले विगतदेखि अवलम्बन गर्दै आएको केही अधिवेशनका प्रक्रियाहरुलाई केही मात्रामा बदलेका छौँ’, भट्टराईले भने, ‘विगतमा नीति, विधान, नेतृत्व सबै महाधिवेशन एउटै हुन्थ्यो।’ 

    शुक्रबारको बैठकमा छलफलका लागि १० समूह बनाएको भट्टराईले बताए। ‘आजको बैठकमा मुलतःतीनवटा प्रतिवेदन प्रस्तुत भएका छन्, यी प्रतिवेदन स्थायी कमिटीको बैठकमा छलफल भएका थिए, त्यहाँ सुझाव आएका थिए, आज केन्द्रीय कमिटीमा त्यो सुझाव पनि प्रस्तुत भएको छ’,भट्टराईले भने, ‘राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव सम्बन्धी मस्यौदा, विधान संसोधन सम्बन्धी प्रस्ताव पस्तुत भएको छ, तीनवटा दस्तावेज आज प्रस्तुत भएका छन्। बैठकले यो प्रतिवेदनमाथि छलफल गर्नको निम्ति १० वटा विभिन्न समूह बनाएको छ।’ 

    १० वटा समूहमा प्रतिवेदन अध्ययन र छलफल हुनेछ। शनिबार १ बजेसम्म, प्रत्येक समूहमा समूह नेता छनोट हुने भट्टराईले बताए। ‘शनिबार १ बजे बस्ने केन्द्रीय कमिटीको बैठकमा समूहका नेताबाट सुझावहरु प्रस्तुत हुन्छन्’, भट्टराईले भने, ‘सुझावका आधारमा दस्तावेजलाई आवश्यक परिमार्जन गर्नुपरेमा गर्छौं र असोजको १५ गतेदेखि आयोजना हुने विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्छौं।’

    विभाग प्रमुख भट्टराईले शनिवार दिउँसो १ बजे बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा समूहगत नेताहरुले आफ्नो सुझाव दिएपछि प्रतिवेदन दस्तावेजलाई परिमार्जन गरेर असोज १५ गते आयोजना हुने विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने बताए। एमालेको विधान महाधिवेशन आगामी असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सम्मेलन हलमा हुँदैछ।   

    UMl-meeting.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार